News in Nepali

सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको १६० मिटर गहिरो सुरुङभित्र खसे दुई श्रमिक

Lumbinikhabar Online

बिहिवार विहान करिब ४ बजे सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक करिब १६० मिटर गहिरो सुरुङभित्र खसेका छन् ।

सुरुङ भित्र खस्नेमा पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरी र बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरी रहेका छन् । दुईजना मध्य अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरि संखुवाभसाको मिसन अस्पतालमा पठाइएको छ भने राकेश चौधरीको उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?