राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसिले विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको बताएका छन् ।
बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएपछि धन्यवाद दिन अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने समेत बताएका हुन् ।
‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं’ केसीले विज्ञप्तिमा भनेका छन् ।