प्रदेश १ बाट राष्ट्रियसभाको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत गोला प्रथाबाट निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार बस्नेत र एमाले उम्मेदवार बरालले बराबर ४४८८ मत प्राप्त गरेपछि गोला प्रथा गर्दा बस्नेत निर्वाचित भएका हुन् । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए भने बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए ।