News in Nepali

लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्नका तीन उम्मेदवारहरु विजयी

Lumbinikhabar Online

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्नका तीन उम्मेदवारहरुमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे ,राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, नेपाली कांग्रेसका युवराज शर्मा, निर्वाचित भएका छन् ।

समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेले प्रदेशसभा र स्थानीय तहका गरी ४३७४, एकीकृत राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४३५६ ।काङ्ग्रेसमा शर्माले ४३४४ मतभार प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका उम्मेदवारहरु रामदयाल गुप्ताले ३३७७, कृष्णबहादुर सुनारले ३३४८  र भारती खनालले ३३१२ मतभार पाए ।

 

Tags

छुटाउनु भयो कि ?