नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तिनै तहको निर्वाचन एकै चरणमा सम्भव नहुने बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले एस्तो बताएका हुन् ।
‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ?’ उनले प्रश्न गरे ।
नेता गुरुङले सत्तारुढ गठबन्धनले कुनैपनी बहाना नगरी स्थानीय निर्वाचनको मिति तोक्नतिर लाग्नुपर्ने बताए । पहिले स्थानीय तहको निर्वाचन गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै सुल्टोबाटो हुने भन्दै उनले भने ‘दायाँबायाँ नगरी आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ ।’