जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरुले मेयर चढेको सरकारी गाडी तोडफोड गरेका छन् ।
सिके राउत नेतृत्वको उक्त पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी तोडफोड गरि सिसा फुटाएका हुन् ।
गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए । सो क्रमा मेयर गणेश प्रसाईं घाइते भएको स्रोतले जनाएको छ ।