राष्ट्रिय जनगणना-२०७८ मा नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र विवादित नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको स्रोतले जनाएको छ । वडास्तरमा भएको गणनाबाट यस भेगको जनसंख्या गणना भएको हो । सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।