News in Nepali

राष्ट्रिय सभाकाे निर्वाचनको लागि मतदान सुरु

Lumbinikhabar Online

  1. राष्ट्रिय सभाकाे निर्वाचनको लागि मतदान सुरु भएको छ । रिक्त १९ सिटका लागि आज बुधबार बिहान ९ बजे मतदान सुरु भएकाे हो । मतदान दिउँसो तीन बजेसम्म चल्नेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएकाे मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ।

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुख/उपप्रमुखले भाग लिन पाउँछन्।

राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपा प्रदेश १ बाहेकमा मतदान नगर्ने भएकाे छ। निर्वाचन आयाेगले मतदान आजै मतगणना गरेर मतपरीणाम सार्वजनिक गर्ने तयारी गरेकाे छ।

 

Tags

छुटाउनु भयो कि ?