आइतवार झन्डै १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ ।
आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।