News in Nepali

भक्तपुरमा निस्सासिएर एक शिशुको मृत्‍यु दुई जनाको अवस्था गम्भीर

Lumbinikhabar Online

भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ ।
रामेछाप मन्थली नगरपालिका घर भइ सुर्यविनायक नगरपालिका-४ गाम्चामा बस्‍दै आएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङको ३ महिने सन्तानको निस्सासिएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार खाना खाई आगो तापेर सुतेका उनिहरुको ३ महिने सन्तानको मृत्युु भइसकेको र अभिषेक र उनकी श्रमीती अवस्थामा रहेका दुई जनालाई मध्यपुर अस्पतालमा लागि उपचार भइरहेको जनाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।

घटनास्थमा खटिई घटना बारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?