News in Nepali

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेको भन्दै विभिन्न संग्रहालयहरु अनिश्चितकालका लागि बन्द गरिने

Lumbinikhabar Online

कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड हुने क्षेत्र भन्दै यसलाई बन्द गर्न भनिएको थियो ।

Tags

छुटाउनु भयो कि ?