News in Nepali

बार्सिलोनालाई ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश

Lumbinikhabar Online

बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो ।

इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए ।

त्यसअघि खेलको दोस्रो मिनेटमै इकरले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । तर २० औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

८६ औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै विल्वाओलाई २-१ को अग्रता दिलाए जिततर्फ अघि बढाएका थिए । तर इन्जुरी टाइममा बार्सिलोनाका पेड्रीले गोल गरेपछि निर्धारित समयको खेल २-२ को बराबरीमा सकियो र अतिरिक्त समयमा धकेलियो । जहाँ इकर मुनियनले १०५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै विल्वाओलाई जित दिलाए ।

बार्सिलोना बाहिरिँदा रियल भने एल्चेलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?