साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ। भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो ।
उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।