सत्तारुढ दलको आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा निचोड निस्कन नसकेका बेला । सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।
गएको मंगलवार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो । तर आजका लागि तय भएको बैठक स्थगित भएको स्रोतले जनाएको छ ।