News in Nepali

काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस

Lumbinikhabar Online

काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज मौसमको खराबीका कारण आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको प्रहरीले जनाएको छ ।

लगभग आधा घण्टा जति आकाशमा जहाज होल्ड हुँदा आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?