News in Nepali

अनिवार्य मास्कको प्रयोग गर्न भन्दै ट्राफिक प्रहरीद्वारा सार्वजनिक यातायातमा स्टिकर अभियान सुरु

Lumbinikhabar Online

उपत्यकामा ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल अभिप्रायका साथ बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले स्टिकर अभियान सुरु गरेकाे छ ।
काठमाण्डौ मल अगाडि गाडीमा स्टिकर टाँसेर सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको हाे ।

ट्राफिक प्रहरीलेअनिवार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउने र मास्क वितरण समेत गर्दै आएको छ ।

 

Tags

छुटाउनु भयो कि ?