News in Nepali

भारतमा ‘सुपर–मम’ बघिनिको मृत्युमा वन्यजन्तु प्रेमी देखि मन्त्रीसम्मको शोक सन्देश

Lumbinikhabar Online

भारतमा बाघको सङ्ख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी ‘सुपर–मम’ भनेर चिनिने बघिनीको मृत्यु भएको छ । शनिबार बघिनीको १७ वर्षको उमेरमा मृत्यु भएको हो।

उसको मृत्युपछि वन्यजन्तु प्रेमीले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले शोक सन्देश लेखेका छन् । यस्तै भरतको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गलगायतले श्रद्धाञ्जली दिएका छन् ।

सन् २००५ मा पेन्च नेशनल पार्कमा जन्मिएकि उक्त बघिनीले सन् २००८ मा पहिलो पटक बच्चा जन्माएकी थिइ । सन् २००८ देखि सन् २०२१ सम्म आमा बनेकी कलरवालीबाट २९ वटा डमरु जन्मिए । २०२१ को जनवरीमा ३ वटा बच्चा जन्माएकी कलरवालीले सन् २०११ मा भने पाँच वटा बच्चा जन्माएकी थिइ । पेन्च नेशनल पार्कका अधिकारीका अनुसार एकै पटक बाघको पाँच वटा बच्चा जन्मिनुलाई दुर्लभ मानिन्छ ।

पेन्च नेशनल पार्कमा सबैभन्दा पहिलो पटक यो बघिनीलाई रेडियो कलर लगाइएको थियो । रेडियो कलरको माध्यमबाट उसको गतिविधि नियाल्ने गरिएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?