नेपालले अफगानिस्तानलाई करिब १४ टन सहायता सामग्री उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्री सहित काबुल प्रस्थान गरेको छ ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायत सामग्री नेपालले सहयोग गरेको जानकारी दिए । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।

