टप खबर

आज माघ २ गते देखी कोरोना बिरुद्धको बूस्टर डोज लगाइने

Lumbinikhabar Online

सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको खोप लगाउन निर्देशन दिएको छ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?