News in Nepali

पाल्पाको रानीमहल दरबारलाई सङ्ग्रहालयका रुपमा विकसित गरिदै

Lumbinikhabar Online

पाल्पाको रानीमहल दरबारलाई सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका याे दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।

तानसेन नगरपालिकाको करिब दुई महिनाको निरन्तर मेहनत पछि करिब ३५-४० लाख खर्च गरि दरबारलाई सङ्ग्रहालयको रुप दिइएको छ । यो कार्य पूरा नभइसकेको र पूरा गर्न अनुमानित १० करोड जति खर्च लाग्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको छ

रानी महल विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको उक्त महललाई पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण छ उक्त महल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।

Tags

छुटाउनु भयो कि ?