News in Nepali

गृहमन्त्री खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्क बिच भेटबार्ता

Lumbinikhabar Online

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्क बिच भेटबार्ता भएको छ ।

मन्त्री खाँणले भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल गर्दै नेपालको बिकास संगै कोभिड–१९ महामारीको बेला अस्ट्रेलियाले गरेको सहयोगको लागि धन्नेवाद दिए । यसका साथै कोभिड नियन्त्रणका लागि थप खोप सहयोग गर्न आग्रह समेत गरेका छन् ।

नेपालमा रहेका शरणार्थीको व्यवस्थापन गर्न तथा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीकोकाम गर्ने समयलाई हप्तामा २० घण्टा भन्दा बढी गर्दिन आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत भोल्कले पनि नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?