प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन बिहीबार पनि बिरोध प्रदर्शन गरेको छ । न्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको भन्दै प्रदर्शन भएको हो ।
प्रधानन्यायधिशको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले न्यायपालीकाको सुधारका लागि प्रधानन्यायधिश नै बाधक भएको भन्दै उनिहरुले न्यायलयलाइ निकास दिनका लागि प्रधानन्यायधिशको बहिर्गमन अनिवार्य रहेको कुरा व्यक्त गरिरहेका थिए ।
प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ ।