News in Nepali

ट्रयाक खोलेको २७ पछि बेँसीसहर–चामे सडक कालोपत्र गरिदै

Lumbinikhabar Online

लामो समय पछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा ट्रयाक खोलेको २७ पछि सडक कालोपत्र गर्न थालिएको हो ।
विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको बताइएको छ ।

आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कूल रु ५२ करोड ९६ लाख खर्च हुने स्रोतले जनाएको छ ।

वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?