कञ्चनपुरमा थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदाको माग गरेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका हुन् ।
माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण समेत गराएका छन् ।
नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताए ।