इलाममा २० वर्ष अघि एउटि युवतीलाई हत्या गरि फरार भएका एक व्यक्ति पक्राउ छन् । सूर्योदय नगरपालिका–३ ४१ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरे भनी चिनिने मनकुमार राईले २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।
इलामका प्रहरीका कार्यलयका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो । घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको गरिसकेका छन् र उनि माथी थप अनुसन्धान भैरहेको छ ।