मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत हुने भएको छ ।
पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा मौसममा परिवर्तन आइ आगामी २४ घण्टाका लागि प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।