तालिबानले आफ्ना छिमेकी मुलुकलाई अफगान विमान र हेलिकोप्टर फिर्ता गर्न अपिल गरेको छ ।तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्बेकिस्तानलाई यस्तो नगरेको खण्डमा कारवाही गर्नेसमेत धम्की दिएका छन् ।
काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका कर्मचारीलाई सम्बोधित गर्दै पछिल्लो सरकार सत्ताबाट गएपछि छिमेकी मुलुकले जुन विमान लिएर गएका छन्, त्यो अफगानिस्ताको सम्पत्ति भएको र त्यसलाई छिटोभन्दा छिटो फर्काउनुपर्ने उनले माग गरेका छन् ।