अब चिडियाखाना अवलोकन गर्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने छ ।
चिडियाखानाका सूचना अधिकारीका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो ।अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ । कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ ।
स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान
१० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।