पोखरामा भइरहेको दोस्रो टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा डायमण्ड क्लबले दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले घरेलु टोलीलाई २५–१९, २५–१३, २५–१६ ले सहजै हरायो ।
राष्ट्रिय टिमका कप्तान अरुणा शाहीसहित श्रीलंकन ३ खेलाडीसहित कोर्ट उत्रेको आयोजक टिम टाइगर ग्रुप पोखरालाई न्यू डायमण्डले मंगलबार सोझो सेटमा पराजित गरेको हो ।