पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
केही समय अघि सत्तारुढ पाँच दलको बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड ” लगायतका केही नेताहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेशनमा बसेका नेता नेपालले सोमबार पिसिआर जाच गराएका थिए । त्यसको एकदिन पछी अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।