News in Nepali

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट के भयो त ..?

Lumbinikhabar Online

सोमबार प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

केहिदिन अघि प्रधानमन्त्री देउवा सहित सत्तारुढ पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा सेल्फ आइसोलेशनमा घरमै बसेका थिए । आज मात्र पिसीआर परीक्षण गराएका देउवाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?