म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । गैरकानुनी रूपमा वाकीटकी भित्र्याएको र प्रयोग गरेको भन्दै एउटा अदालतले सुकिलाई जेल सजाय हुने फैसला गरेको हो।
समाचार माध्यमका अनुसार सोमबार ७६ वर्षीया सुकीलाई वाकीटकीसँगै कोरोना भाइरसका प्रतिबन्ध उल्लंघन गरेको अभियोगमा चार वर्ष जेल सजाय हुने फैसला गरिएको हो।
नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी सुकीलाई यस अघि गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।