News in Nepali

कैलालीमा ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको घटना बाहिरिएपछि पाँच जना पक्राउ

Lumbinikhabar Online

कैलालीको घोडाघोडी नगरपालिका-४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको घटना बाहिरिएको छ । पिडक र पीडित पक्ष बीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि घटना बाहिरिएको हो ।

यो संगै बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका-४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?