बैंक चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।तर १८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।