News in Nepali

नेपालमा २४ जनामा ओमिक्रोन भएको पुष्टि ,सावधानी अपनाउन विज्ञहरुको आग्रह

Lumbinikhabar Online

शुक्रबार नेपालमा दुई दर्जन व्यक्तिहरुमा ओमिक्रोन भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। यो संगै छिमेकी मुलुक भारतको उक्त भाइरसको प्रभाव धेरै रहेकाले नेपालमा पनि सवधानी अपनाउन विज्ञहरुले आग्रह गरेक छन् ।

 

Tags

छुटाउनु भयो कि ?