झापाको मेचीनगर नगरपालिका-७स्थित इन्द्रेणी टोलको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगो निभाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्किँदा उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा शरद राजवंशी रहेको प्रहरीले जनाएको छ । धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको थियो।
आगलागीमा ८ वर्षीया एक बालिका सहित १६ जना घाइते भएका छन् ।
घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विस्फोट भएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।