फ्रान्समा आईएचयू वा ‘बी. १६४०.२’ नामक कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् ।
मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी. १६४०.२’ राखिएको हो ।