गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
स्याङ्जाका अर्जुनकुमा सुनाम ,कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।