News in Nepali

माग पूरा नभए देशव्यापी विरोध आयोजना गर्ने राप्रपाको चेतावनी

Lumbinikhabar Online

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ । यदि आफ्नो माग पूरा नभए
देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले चेतावनी समेत दिएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।

यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्रपाले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?