लमजुङमा जिल्लाको दोर्दी गाउँपालिका-८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा धक्का महसुस भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ।