हिमपात बढेका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ ।भारी हिमपात तथा नियमित वर्षाका कारण नाका भएर हुने आयात बिहानैदेखि अवरुद्ध भएको बताइएको छ ।
तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको हो । जसका कारण सामान ओसारपसार मा समस्या देखिएको छ ।
नेपाल–चीन वैदेशिक व्यापारका दुईं प्रमुख नाका रसुवागढी र तातोपानी दुवै समुन्द्र सतहबाट दुई हजार ४ सय मिटरभन्दा माथि छन् । अझ चिनियाँ सहरसम्म पुग्ने सडकम मार्गको उचाइ ४ हजार मिटरसम्म रहेका कारण हरेक वर्ष हिमपातले द्विपक्षीय व्यापारमा अवरोध पुर्याउने गरेको छ ।