जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ।समाचार समाचार माध्यमका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो ।
मंगलबारको संसद बैठकमा सुरूमा सांसदहरूले एकअर्कालाई शाब्दिक आक्रमण गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरू मुक्का हानाहानमा उत्रिएका हुन्। कुटाकुटमा कोही गम्भीर घाइते भने भएका छैनन्।
जोर्डनको पछिल्लो संविधान सन् १९५२ मा लागू भएको हो जुन अहिलेसम्म २९ पटक संशोधन भइसकेको छ।