रुसको दक्षिणी मिलिट्री डिस्ट्रिक्ट कमाण्डले युक्रेनको सीमानजिकै अभ्यास गरिरहेका सैनिकलाई फिर्ता बोलाउने घोषणा गरेको छ ।
उता युक्रेनको सिमानासँग जोडिएका विभिन्न क्षेत्रमा एक महिनासम्म अभ्यास गरेपछि सैनिकहरू आ-आफ्नो शिविरमा फर्किसकेका छन ।
समाचार माध्यमका अनुसार एक हजारभन्दा रुसी सेना आ-आफ्नो स्थायी शिविरमा फर्कन सुरू गरेका छन् ।
अमेरिकालगायत पश्चिमी मुलुकले युक्रेनमाथि हमला गर्ने उद्देश्यका साथ रुसले सिमानामा सैनिक एवं हतियार तैनाथ गरेको आरोप लगाउँदै आएको छ