आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको छ ।चालु आर्थिक वर्षमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरणले नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविाधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २ दशमलव ८३ प्रतिशत विन्दुले घटेर १४ दशमलव ३५ प्रतिशतमा झरेको छ । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादन तर्फबाट हुने गरेको छ ।