सिराहामा सिके राउतका कार्यकर्ताहरुले बन्द उल्लंघन गरेको भन्दै सवारी साधनहरू तोडफोड गरेका छन् । औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको थियो ।
प्रहरीका अनुसार चार-पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिइएको छैन । लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन् ।
जनमत पार्टीले बन्द आव्हान गरेपनि बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको छ । लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन् ।