News in Nepali

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा सुदूरपश्चिम र एपीएफ क्लबको जीत

Lumbinikhabar Online

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज साेमवार सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले दुई ओभर एक बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।

आजै भएको अर्को खेलमाधनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो । खराब मौसमका
कारण १५ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले नौ विकेट गुमाएर ५० रनमात्रै बनायो ।

सात प्रदेश र एपीएफ गरी आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Tags

छुटाउनु भयो कि ?