शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार बजार ओरालो लागेको छ। पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार सोमबार पनि घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से १७ दशमलव ९३ अङ्कले घटेर २हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा पुगेको छ। सोमबार १३ वटा उपसमूहमध्ये ११ उपसमूहमा गिरावट आएको छ। उत्पादन र माइक्रोफाइनान्स उपसमूहमात्र हरियो देखिए ।
सोमबार ५४ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो।