सिराहाको गोलबजार नगरपालिका ६ का २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेका छन ।
आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएको कुरा संचार माध्यमहरुले लेखेका छन ।
छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीकाे माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोपसमेत लगाएका छन् ।