News in Nepali

राफेल विमान उपलब्ध गराउन तयार रहेको फ्रान्सेली रक्षामन्त्रीको भनाइ

Lumbinikhabar Online

फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउन फ्रान्स तयार रहेको बताउनुभएको छ ।

विकासोन्मुख देशका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका पूर्वराजदूत डा. मोहन कुमारसँगको आज शुक्रवारकाे कुराकानीमा रक्षामन्त्री पार्लीले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘हामी भारतले गर्न सक्ने कुनै पनि अतिरिक्त आवश्यकता वा अनुरोधहरूको जवाफ दिन तयार छौँ । हामीलाई थाहा छ कि विमान वाहक छिट्टै डेलिभरी हुनेछ । विमान चाहिन्छ । त्यसैले हामी भारतको निर्णय हो भने अन्य कुनै पनि राफेल उपलब्ध गराउन तयार छौँ’, उहाँले थप्नुभयो ।

फ्रान्सले भारतलाई ३० राफेल विमान उपलब्ध गराएको बेला यस्तो प्रतिक्रिया आएको हो । अर्को वर्ष अप्रिलमा थप ६ वटा विमान उपलब्ध गराउने तयारी छ ।

Tags

छुटाउनु भयो कि ?