नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गरेका थिए । क्त दाबीको खण्डन गर्दै दाहालले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् । दाहालले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’ दाहालले ओलीलाई उक्त ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न पनि चुनौती दिएका छन् । साथै प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ । दाहालले अगाडि भनेका छन्, ‘म के. पी. ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६